काठमाडौं – काठमाडौंमा बुधबार साँझ हावाहुरीसहितको वर्षा । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो । विभागले पूर्वानुमान गरे अनुसार नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ ।
महाशाखाले आज बिहान ८ बजे विशेष बुलेटिनमा सार्वजनिक गर्दै अपराह्न चार बजेदेखि नै हावाहुरी सुरु हुने जनाएको थियो ।



























































