काठमाडौं – नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ, चाँदी तोलामा १५० रुपैयाँ घटेको हो।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।


ADVERTISEMENT

# # #


आज चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ।