काठमाडौं –नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ५ हजार ८०० र चाँदी  १७५ ले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मंगलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।


ADVERTISEMENT

# # #


अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।