काठमाडौं- नेपाली कांग्रेस रामेछापको कार्यवाहक सभापतिमा नवराज थोकर तामाङ लाई जिम्मेवारी दिइएको छ ।


ADVERTISEMENT


जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छाराम लाई केन्द्रीय अनुशासन समितिले निलम्बन गरेको थियो । सभापति गगन थापाविरुद्ध तथ्यहीन बोलेको विषयमा चित्तबुझ्दो स्पष्टीकरण नदिएपछी उनलाई निलम्बन गरिएको थियो ।


ADVERTISEMENT

# # #


सभापति थापाले बिहीबारदेखि थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् । उनलाई पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार सांगठनिक कार्य गर्न दैनिक कामकाज गर्न भनिएको छ ।