काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसका दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले प्रधान न्यायाधीश सिफारिसमा भएको टीकाटिप्पणीबारे मल्ले दिएको अभिव्यक्तिमा लामिछानेले आपत्ति जनाएका हुन् ।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६ ६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन,’ उनले भने, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो । परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’
‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’ उनले यसमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौति पनि दिए । ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार,’ उनले भने, ‘अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’
लामिछानेले न्यायालयका विषयमा अनेक टिप्पणी गरेर जगहसाई नगर्न पनि आग्रह गरे। उनले सुकुमबासीका सवालमा पनि आफूले अहिले पनि छाती थापिरहेको भन्दै भूमिहीनले अधिकार नपाउँदासम्म छाती नहटाउने बताए।


























































