काठमाडौं – पूर्वसञ्चारमन्त्री एवं रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने घोषणा गरे ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा खेररले स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा आफुलाई मुछ्ने काम भएको भन्दै सो प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाट विदा लिने घोषणा गरेका हुन् ।
उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर स्वीटजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गरे ।
खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती समेत दिए । उनले स्मार्ट टेलिकम प्रकरणमा कुनै बैठक वा कुनै फाइल अघि बढाउने काम नगरेको दावी गरे । आफुमाथिको आरोप प्रमाणित गर्न नसके पत्रिका बन्द उहाले चूनौति दिए ।


























































