काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।


ADVERTISEMENT


को को भए मनोनीत


ADVERTISEMENT

# # #


१। श्री महेन्द्र यादव — धनुषा

२। श्री जीवन परियार — कास्की

३। श्री उमेश श्रेष्ठ — चितवन

४। श्री रमेश रिजाल — पर्सा

५। श्री सुजाता कोइराला — मोरङ

६। श्री दिलेन्द्रप्रसाद बडू — दार्चुला

७। डा। चन्द्रकान्त भण्डारी — गुल्मी

८। श्री अजयकुमार चौरसिया — पर्सा

९। श्री लक्ष्मी परियार — उदयपुर

१०। श्री आङ्गेलु शेर्पा — सोलुखुम्बु

११। श्री दिनेशकुमार यादव — सप्तरी

१२। श्री राजीव कोइराला — सुनसरी

१३। श्री राजीव ढुंगाना — सुनसरी

१४। प्रा।डा। गोविन्दराज पोखरेल — प्यूठान

१५। श्री सुशिला मिश्र भट्ट — कैलाली

१६। श्री नागिना यादव — महोत्तरी

१७। श्री दिनेश कोइराला — चितवन

१८। डा। जीवन राना — कैलाली

१९। श्री सीता थपलिया उर्मिला — धादिङ

सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता डा। शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति देउवा पक्षधर हुन् ।

विशेष महाधिवेशनपछि पहिलोपटक केन्द्रीय समिति सदस्य थपेका सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर आफ्नो नेतृत्वको समिति विस्तार गरेका हुन् ।