काठमाडौं – नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ स्थित बासुकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।


ADVERTISEMENT


भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले संयुक्त रूपमा भवनको शिलान्यास गरेका ।


ADVERTISEMENT

# # #


भारत सरकारको करिब ३ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत मेल्लेख गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ विद्यालय भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि थप व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

भारत र नेपालबीच नजिकका छिमेकी राष्ट्रका रूपमा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै भारतीय सहयोगमा सञ्चालन भएका यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकास तथा समृद्धि अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।