काठमाडौं – विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थित रहेपछि विपक्षीले उनको सहभागिताको माग गर्दै बैठक अवरुद्ध गरे ।


ADVERTISEMENT

# # #


उनीहरूले सरकारको नीति तथा कार्यक्रम समेत प्रधानमन्त्रीले नै टेबुल गर्नुपर्ने माग गरे । त्यसपछि १५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा पनि प्रतिपक्षी दलले सोही कुरा दोहोर्याएपछि बैठक अघि बढ्न सकेन ।