काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका पाण्डेको पक्षमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


न्यायाधीश सारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले अनुसन्धान जारी राख्न सकिने तर प्रारम्भिक अनुसन्धानकै आधारमा हिरासतमा राख्न पर्याप्त कारण नदेखिएको उल्लेख गरेको छ ।

अदालतले आवश्यक परे विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने सर्तसमेत राखेको जनाएको छ ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता भएको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।

उक्त घटनापछि बैंकिङ क्षेत्रले आपत्ति जनाउँदै यसले धितो व्यवस्थापन र ऋण असुली प्रक्रियामाथि नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका थिए ।