काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासनदेखि निर्वाचन प्रणाली सुधारसम्मका विषयमा १२ वटा उपसमिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा जेठ ३ गते बसेको प्रतिष्ठानको बैठकले विभिन्न विषयगत उपसमितिहरू गठन गर्दै संयोजकहरूको जिम्मेवारी तोकेको हो । प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्मा को सभापतित्वमा बिहान ११ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म बैठक बसेको थियो ।
बैठकले प्रतिष्ठानका सदस्यहरू मध्ये पहिलो चरणमा निम्न साथीहरूलाई निम्नानुसारको बिषयमा संयोजनको जिम्मेवारी प्रदान गरेको छ ।
१) भुमि व्यवस्था बिशेष अभियान उपसमिति, संयोजन — डा. गोपाल दहित (सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा दृष्टिको खोजी)
२) विपद व्यवस्थापन उपसमिति, संयोजन — मानबहादुर थापा (पूर्व तयारी, उद्धार र पुनस्र्थापना सहजीकरण अभियान)
३) मानसिक स्वास्थ्य : सचेतना अभियान उपसमिति, संयोजन — मोहना अन्सारी
४) सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजन — ई. दिपेश विष्ट
५) निर्वाचन प्रणाली सुधार : अवधारणा, संवाद र समन्वय उपसमिति, संयोजन — जनक चटौत
६) पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजन — ई. अमृत ज्ञवाली (पूँजिगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमामा कांग्रेसको सुझाव)
७) उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमिति, संयोजन — खगेन्द्र आचार्य
८) शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमिति, संयोजन — डा. कृष्णप्रसाद पौडेल
९) बी.पी. ज्ञान केन्द्र उपसमिति, संयोजन – प्रकाश लामिछाने (आगलागीमा जलेको केन्द्रीय पुस्तकालय पुनव्र्यवस्थापन गरेर बी.पी. विचार स्कूलका रूपमा विकास गर्ने)
१०) जातिय विभेद विरुद्ध सचेतना अभियान उपसमिति, संयोजन — एलिजा ढकाल
११) डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति, संयोजन — प्रकृति भट्टराई
१२) Green Table उपसमिति, संयोजन — कञ्चन झा (प्रस्तावित नीतिगत विषयहरू एवं समसामयिक विषयहरू उपर केन्द्रीय कार्यालयमा नियमित रूपमा अन्तरसंवादको समन्वय)
सबै उपसमितिले आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत गर्नेछन् । बैठकले प्रतिष्ठानको आन्तरिक आचार संहिता निर्माण गरेर आगामी बैठकमा प्रस्ताव गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।


























































