काठमाडौं – नेकपा एमाले को गुञ्डुस्थित केन्द्रीय सचिवालय बैठकमा कार्यविभाजनको विषयलाई लिएर नेताहरूबीच गम्भीर छलफल भएको छ ।


ADVERTISEMENT


पार्टीभित्र जिम्मेवारी बाँडफाँट, संगठनात्मक संरचना तथा पछिल्लो राजनीतिक गतिविधिबारे समीक्षा गर्ने उद्देश्यसहित बैठक बसेको बताइएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा केही नेताहरूले कार्यविभाजनमा असन्तुष्टि जनाउँदै नेतृत्वको निर्णयप्रति प्रश्न उठाएका छन् ।

विशेषगरी नेता भीम रावलले पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्न तथा स्पष्ट धारणा बनाउन केन्द्रीय कमिटी बैठक तत्काल बोलाउनुपर्ने माग गरेका छन् ।

रावलले पार्टीका महत्वपूर्ण निर्णय सीमित घेराभित्र नभई व्यापक छलफलमार्फत हुनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

उनले चुनावी समीक्षा, संगठन सुदृढीकरण र जिम्मेवारी बाँडफाँटबारे खुला बहस आवश्यक रहेको बताएका छन् ।

यता एमाले नेतृत्व भने पार्टीभित्र देखिएको मतभेदलाई संवादमार्फत समाधान गर्ने तयारीमा रहेको बताइएको छ ।

बैठकमा आगामी राजनीतिक रणनीति, पार्टीको आन्तरिक एकता तथा संगठन विस्तारका विषयमा समेत छलफल भएको जनाइएको छ ।