काठमाडौं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।


ADVERTISEMENT


संसद बैठक सञ्चालनमा निष्पक्षता कायम गर्न नसकेको आरोप लगाउँदै कांग्रेस सांसदहरूले सभामुखको व्यवहार सत्ता पक्षअनुकूल देखिएको बताएका छन्।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद कांग्रेसका सचेतक निश्कल राईले सरकारसँग जवाफ माग्ने विषयमा सभामुख मौन बसेको आरोप लगाए।

उनले संसद प्रतिपक्षको आवाज उठाउने थलो भए पनि सभामुखले त्यसलाई प्रभावकारी रूपमा संरक्षण गर्न नसकेको टिप्पणी गरे।

कांग्रेसले विशेषगरी सुशासन, भ्रष्टाचार र सरकारका निर्णयमाथि उठाइएका प्रश्नमा पर्याप्त छलफलको वातावरण नबनाइएको भन्दै असन्तुष्टि जनाएको छ।

प्रतिपक्षले उठाएका संवेदनशील विषयलाई कार्यसूचीमा प्राथमिकता नदिइएको कांग्रेसको भनाइ छ।
यता सत्ता पक्षले भने सभामुखले संसदको नियमावलीअनुसार नै बैठक सञ्चालन गरिरहेको दाबी गरेको छ।

सभामुखको भूमिकालाई लिएर संसदभित्र सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ।

राजनीतिक वृत्तमा भने पछिल्लो घटनाक्रमले संसदको निष्पक्षता, प्रतिपक्षको भूमिका र सभामुखको जिम्मेवारीबारे नयाँ बहस सुरु भएको विश्लेषण गरिएको छ।