काठमाडौं – महालक्ष्मी विकास बैंक ले ३२औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, रक्तदान तथा सांस्कृतिक प्रवर्द्धनलगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


बैंकले यही जेठ २ गतेदेखि ७ गतेसम्म वार्षिकोत्सव सप्ताह मनाउने क्रममा देशभर विविध सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमअन्तर्गत केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा प्रभातफेरीसहित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषण सेवाबारे जानकारी दिइएको बैंकले जनाएको छ ।

यसैगरी बैंकले जेठ ४ गते केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते दन्त र आँखा शिविर सञ्चालन गरेको थियो । ती शिविरमा करिब २०० जनाले स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।

वार्षिकोत्सवकै अवसरमा बैंकले देशभर रक्तदान कार्यक्रम आयोजना गर्दै २०० पिन्ट रगत संकलन गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा रगत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ ।

त्यस्तै विभिन्न स्थानका महालक्ष्मी मन्दिरमा सरसफाइ सामग्री हस्तान्तरण, ललितपुरको महालक्ष्मीस्थानस्थित मन्दिरमा बगैंचा मर्मत तथा डिजिटल दक्षिणा प्रवर्द्धनका लागि सहयोग गरिएको छ ।

बैंकले नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिलाई खानेपानी व्यवस्थापनका लागि पानी ट्याङ्की हस्तान्तरण गर्नुका साथै ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ अन्तर्गत संकलित तस्वीरहरू पनि प्रदर्शन गरेको जनाएको छ ।

यसैबीच बैंकले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट’ प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेठ महिनाभित्र आयोजना गर्ने जनाएको छ ।