काठमाडौं-  नेपाल – २१ मे, २०२६  नेपालको अग्रणी डिजिटल प्लेटफर्म डिजियोले दक्षिण एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ। साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुने भएको छ।


ADVERTISEMENT


यसअघि  डिजियोले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो।


ADVERTISEMENT

# # #


नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु   ठूलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डिजियोमा उपलब्ध हुनेछ, डिजियोका स्पोर्ट्स हेड, बिपुल भट्टराईले बताएका छन् ।

हामीले डिजियोमा खेलकुदको एउटा यस्तो बलियो पूल  बनाएका छौं, जहाँ दर्शकहरूले फुटबलको स्थानीय क्रेज र फिफाको विश्वव्यापी रोमान्सदेखि काभा भलिबलको उत्साहसम्म सबै कुरा एकै ठाउँमा ब्याक टु ब्याक उपभोग  गर्न पाउनेभएका छन् ।

 डिजियोले  ब्याक टु ब्याक यात्रा मार्फत नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गर्ने भएको छ। खेलप्रेमीहरूका लागि यो एउटा स्वर्णिम युग पनि हुने र उत्साह र खेलको रोमान्च कहिल्यै समाप्त नहुने भएको छ ।