काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई व्यवस्थित र समयबद्ध रूपमा सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको हो ।


ADVERTISEMENT


सार्वजनिक गरिएको कार्यतालिका अनुसार जेठ १५ गतेभित्र प्रदेश तथा जिल्ला तहमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने उल्लेख गरिएको छ । त्यसपछि सदस्यता अद्यावधिक, प्रतिनिधि छनोट तथा संगठन विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ ।


ADVERTISEMENT

# # #


रास्वपाले महाधिवेशनलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारीसमेत गरेको बताएको छ । पार्टीका नेताहरूले पारदर्शी र व्यवस्थित निर्वाचन प्रक्रिया अपनाउने उद्देश्यले नयाँ प्रविधिको प्रयोग गर्न लागिएको बताएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । पार्टीले महाधिवेशनलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।