काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।


ADVERTISEMENT


सोमबार दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।


ADVERTISEMENT

# # #


बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति गर्ने सम्भावना बलियो देखिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको छनौट समितिले ४७ जना आवेदकहरूमध्येबाट चार जनाको नाम सर्ट लिस्ट सार्वजनिक गरिसकेको छ ।

सर्ट लिस्टमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा गोपालप्रसाद भट्ट परेका छन्।