काठमाडौं – रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भाषा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न माग गरेका छन् ।
साथै उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकोहरुको फाइल पुनः रोजगारदातासम्म पुराउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सवै कुरामा फिट भएर पनि कोरिया नलाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नजिता दे, भ्रष्टाचारीलाई संरक्षण गर्ने श्रममन्त्री राजीनामा दे, रास्वपा सरकार पीडितलाई न्याय देऊ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


























































