काठमाडौं- सीतापाइला कार्यालयमा आज भुटानको रोयल मोनेटरी अथोरिटी आरएमए को प्रतिनिधिमण्डलसँग सम्पन्न अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालको लघुवित्त क्षेत्रको यात्रा, अनुभव, चुनौती तथा उपलब्धिबारे विस्तृत प्रस्तुति दिएको जनाएको छ।
भुटानका डेपुटी गभर्नर छिरिङ पेनजोर नेतृत्वको टोलीसँग वित्तीय समावेशीकरण, लघुवित्त रूपान्तरण, नियमन तथा दिगो विकासका विषयमा अर्थपूर्ण तथा फलदायी छलफल भएको संस्थाले जनाएको छ।
कार्यक्रमको समन्वयमा सहयोग पुर्याएको अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी नेपाल टोलीप्रति संस्थाले आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी सम्पूर्ण विशिष्ट अतिथि तथा विशेष सहयोग पुर्याउनु हुने आशिम नेपालप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।
क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउँदै समावेशी वित्तीय सशक्तीकरणको यात्रामा अगाडि बढ्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको थियो।


























































