काठमाडौं – प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।


ADVERTISEMENT

# # #


सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन् ।

संसद्मा बोल्न चाहेका बेला प्रधानमन्त्रीलाई बोल्न दिने अभ्यास छ । यस अन्तर्गत रहेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्न हात उठाए ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको उद्घोष गरे लगत्तै प्रधनमन्त्री बालेन हात उठाए र बोल्न दिन इशारा गर्दै उठे । त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारीसँगद सल्लाह गरे । प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्छ भन्ने सुझाव प्राप्त गरेपछि सभामुखले रोष्ट्रममा बोलाए ।

रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए । त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एकरएक जनालाई बोल्न दिने घोषणा गरे ।

यसप्रति विपक्षी दलहरूले विरोध गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ ।