काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले ”नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति अशोभनीय भएको टिप्पणी गरेका छन् ।
संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।राईले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्यो । कि त भने यो ठाउ भनेर भन्न सक्नु पर्यो प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गरेका छन्”।
सार्वभौम संसद्मा प्रधानमन्त्रीले विनातथ्य अभिव्यक्ति दिनु अशोभनीय भएको राईले बताएका छन्।
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।


























































