काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले ”नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति अशोभनीय भएको  टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिने क्रममा  उनले यस्तो बताएका हुन् ।राईले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु पर्‍यो । कि त भने यो ठाउ भनेर भन्न सक्नु पर्‍यो  प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गरेका छन्”।


ADVERTISEMENT

# # #


सार्वभौम संसद्‍मा प्रधानमन्त्रीले विनातथ्य अभिव्यक्ति दिनु अशोभनीय भएको राईले बताएका छन्।

उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।