काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाका विगतका बैठकमा सांसद्हरुले उठाएका माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आज जवाफ दिएका हुन्।


ADVERTISEMENT


सभाको आजको बैठक सुरू भए लगत्तै सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्री शाहले बोल्नका लागि समय माग गरेका थिए । सदनका बैठकमा प्रधानमन्त्री, मन्त्री र विपक्षी दलका नेताले समय माग्दा सभामुखले सम्बोधन गर्न समय दिने संसदीय अभ्यास छ भने।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले आज सांसद्हरुको जवाफ दिने भनेपछि सभामुख अर्यालले सांसद्हरुलाई दलीय आधारमा प्रधानमन्त्री शाहलाई प्रश्न सोध्न समय दिएका थिए ।

प्रतिनिधिसभा नियमावली, २०७९ को दफा ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने नियमावलीमा व्यवस्था छ । सो समयमा सभामुखले प्रश्नकर्ता सदस्यको नाम बोलाउने, नाम बोलाइएको सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न सक्ने र प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्ने व्यवस्था छ ।

प्रश्नोत्तर सुरु हुनुअघि नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवराज दुलाल र नेकपा एमाले का ऐनबहादुर महरले प्रतिनिधिसभा नियमावली, २०७९ को दफा ५६ बमोजिममा भएको व्यवस्थाबारे सभामुख अर्यालको ध्यनाकर्षण गराएका थिए । नेपाली कांग्रेसका अर्जुनरसिंह केसीले नियम, प्रक्रिया र पद्धतिमा सभा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।

जेठ १२ गतेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले सरकारको जवाफदेहीताको माग गर्दै बैठकमा अवरोध गरेका थिए । तत्पश्चात केही समय बैठक स्थगन भएको थियो । सोही दिन बसेको दोस्रो बैठकमा सत्तापक्षका राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहको सचिवालयसँग कुरा गरेर एक साताभित्र प्रधानमन्त्री शाह सम्बोधनका लागि संसद्मा आउने जानकारी गराएका थिए ।

सभामुख अर्यालले पनि प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै सदनमा आउने जानकारी गराईरहेका थिए । सत्ता पक्ष र विपक्षीको त्यो समझदारीपछि यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेका थिए ।