काठमाडौं- महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याईएको छ ।
बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले महानगर यातायात प्रा.लि.लाई विद्युतीय बस हस्तान्तरण गरेको छ।
३३ सिट क्षमता भएको नयाँ विद्युतीय वस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताईएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।
नयाँ वसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिएका छन् । महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी वस र २४ वटा माइक्रो वस गरि ५२ वटा विद्युतीय सवारी संचालन गरिरहेको जानकारी दिएको छ ।


























































