काठमाडौं –  निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला आयोजना गरेको छ ।


ADVERTISEMENT


 आयोगले बागमतीबाहेकका प्रदेशस्तरमा समीक्षा सम्पन्न गरिसकेपछि केन्द्रीयस्तरमा आज काठमाडौँमा समीक्षा कार्यशाला आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यशालाको तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्चाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा सञ्चारकर्मीको सहमागिता रहेको छ ।

आयोगका सचिव मधुसुदन बुर्लाकोटीले यसअघि केन्द्रीय समीक्षाबाट भएका असल अभ्यास र कमजोरीका मूल्याङ्कनका साथै प्राप्त सुझावका आधारमा आगामी निर्वाचनमा गरिनुपर्ने सुधारको खाका तर्जुमा गरिने बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् अन्तरिम सरकार गठन  र तत्कालीन प्रतिनिधिसभा विघटन भई नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको थियो ।