काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरु चरणबद्ध रुपमा समाधान गरिने बताएका छन्।


ADVERTISEMENT


पाँच दिने भारत भ्रमणसम्पन्न गरि शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकाले हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरेका छन् । लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा दिएका छन् ।

उनले धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणमा क्रममा पारदर्शी रुपमा छलफल भएको बताएका छन् । भारतीय प्रधानमन्त्रीसंगको छलफलमा समृद्धिको बिषयलाई बिशेष जोड दिएको जानकारी दिएका छन्।

लामिछानेले नेपाल–भारत सम्बन्धका केही पक्ष रिसेट गर्न आफ्नो भ्रमणले मद्दत गर्ने भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सकारात्मक ढंगले अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । सीमाका बिषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उनको भनाई छ। लामिछानेले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाफ पाएको बताएका छन् ।