काठमाडौं – नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा पनि अबरुद्ध भएको छ ।


ADVERTISEMENT


मंगलबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक जेठ २८ गते बस्ने गरी स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्रले सीमामा रहेका दुबै देशतर्फका नागरिकले एक–अर्कोदेशमा खेतीपाती गरेको देखिएपनि नेपालले भारतको सीमा भने नमिचेको बताएका छन् । सीमा विवाद सम्बन्धी अति संवेदनशील बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपतिजनक भएको उनले बताएका छन्। उनले प्रधानमन्त्री स्वयं सदनमा आएर यस बिषयमा स्पष्ट पार्न माग गरेका छन्।

सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए तर बिरोध कायमै रहेपछि उनले जेठ २८ गते बस्नेगरि बैठक स्थगित गरेका छन् ।