काठमाडौं- राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छिन्।


ADVERTISEMENT


मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गाडी आयातमा कर छली प्रकरणको छानविनका लागि समिति बनेको अवस्थामा छानबिन सम्पन्न नहुँदासम्म नैतिकताकाआधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन्।


ADVERTISEMENT

# # #


उनले कर छली प्रकरण र करका दर हेरफेरको बिषय अर्थमन्त्रालयसंग जोडिएकाले पनि निष्पक्ष र विश्वसनीय छानबिनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरेकी छिन्। उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाई छ ।

त्यस्तै उनले सीमाका बिषयमा सदन अवरुद्ध भइरहेको अवस्थामा नेपालले सीमा मिचेको पुष्टि प्रधानमन्त्रीले गर्नुपर्ने वा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्दै सच्चाउनुपर्ने बताएकी छिन ।