रुपन्देही-  यशोदा फुड्स प्रा.लि.ले ‘करेन्ट हट एन्ड स्पाइसी’ चाउचाउका उत्पादनहरू निर्विवाद र ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न सकिने जनाएको छ ।


ADVERTISEMENT


खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनामा उल्लेख गरिए अनुसार आफ्ना उत्पादनहरू पूर्णत सुरक्षित र गुणस्तरीय रहेको यकिनका साथ कम्पनीले उपभोक्ता र बिक्रेताहरूलाई विश्वस्त भएर विश्वास कायम राख्न सूचित गरेको हो ।


ADVERTISEMENT

# # #


उत्पादन मिति तथा ब्याच नं. २०८१र०२र२३–०४५ भएको ‘करेन्ट हट एन्ड स्पाइसी’ १०० ग्राम चाउचाउबाहेक अन्य सबै ब्याचका उत्पादनहरू गुणस्तरीय र सुरक्षित रहेको कम्पनीले बिज्ञप्ति जारी गर्दै  ढुक्क साथ उपभोग तथा बिक्री बितरण गर्न गराउन सबैमा अपिल गरेको छ । साथै उपभोक्ता तथा विक्रेताहरूलाई अनावश्यक भ्रममा नपर्न र बिश्वास जारी राख्न कम्पनीले आग्रह समेत गरेको छ ।

यशोदा फुड्सले खाद्य सुरक्षाप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्बन्धित निकायले नै स्पष्ट पारे अनुसार आफ्ना उत्पादनहरू गुणस्तरीय रहेको पुष्टि भएको बताएको छ ।

उपभोक्ताको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले गुणस्तर कायम राख्न निरन्तर काम गरिरहेको जनाएको छ ।