करेन्ट चाउचाउ ढुक्कसाथ प्रयाेग गर्न सकिने, गुणस्तरीयताकाे सम्बन्ध कायम राख्ने कम्पनीकाे प्रतिबद्धता

करेन्ट चाउचाउ ढुक्कसाथ प्रयाेग गर्न सकिने, गुणस्तरीयताकाे सम्बन्ध कायम राख्ने कम्पनीकाे प्रतिबद्धता

रुपन्देही – यशोदा फुड्स प्रा.लि.ले ‘करेन्ट हट एन्ड स्पाइसी’ चाउचाउका उत्पादनहरू निर्विवाद र ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न सकिने जनाएको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनामा उल्लेख गरिए अनुसार आफ्ना उत्पादनहरू पूर्णत: सुरक्षित र गुणस्तरीय रहेकाे यकिनका साथ कम्पनीले उपभाेक्ता र बिक्रेताहरूलाई बिश्वस्त भएर बिश्वास कायम राख्न सूचित गरेकाे हाे ।”उत्पादन मिति तथा ब्याच नं. २०८१/०२/२३–०४५ भएको ‘करेन्ट हट एन्ड स्पाइसी’ १०० ग्राम चाउचाउबाहेक अन्य सबै ब्याचका उत्पादनहरू गुणस्तरीय र सुरक्षित छन्” कम्पनीले बिज्ञप्ति जारी गर्दै भनेकाे छ “ढुक्क साथ उपभाेग तथा बिक्री बितरण गर्नु गराउनुहुन सबैमा हार्दिक अनुराेध गर्दछाैं ।”

उपभोक्ता तथा विक्रेताहरूलाई अनावश्यक भ्रममा नपर्न र बिश्वास जारी राख्न कम्पनीले आग्रह समेत गरेकाे छ ।

यशोदा फुड्सले खाद्य सुरक्षाप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्बन्धित निकायले नै स्पष्ट पारे अनुसार आफ्ना उत्पादनहरू गुणस्तरीय रहेकाे पुष्टि भएकाे बताएकाे छ ।

उपभोक्ताको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले गुणस्तर कायम राख्न निरन्तर काम गरिरहेको जनाएको छ ।

#











#



#

#
#

#



#

#