रुपन्देही – यशोदा फुड्स प्रा.लि.ले ‘करेन्ट हट एन्ड स्पाइसी’ चाउचाउका उत्पादनहरू निर्विवाद र ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न सकिने जनाएको छ ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनामा उल्लेख गरिए अनुसार आफ्ना उत्पादनहरू पूर्णत: सुरक्षित र गुणस्तरीय रहेकाे यकिनका साथ कम्पनीले उपभाेक्ता र बिक्रेताहरूलाई बिश्वस्त भएर बिश्वास कायम राख्न सूचित गरेकाे हाे ।”उत्पादन मिति तथा ब्याच नं. २०८१/०२/२३–०४५ भएको ‘करेन्ट हट एन्ड स्पाइसी’ १०० ग्राम चाउचाउबाहेक अन्य सबै ब्याचका उत्पादनहरू गुणस्तरीय र सुरक्षित छन्” कम्पनीले बिज्ञप्ति जारी गर्दै भनेकाे छ “ढुक्क साथ उपभाेग तथा बिक्री बितरण गर्नु गराउनुहुन सबैमा हार्दिक अनुराेध गर्दछाैं ।”
उपभोक्ता तथा विक्रेताहरूलाई अनावश्यक भ्रममा नपर्न र बिश्वास जारी राख्न कम्पनीले आग्रह समेत गरेकाे छ ।



























































