काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका बिषयमा आफुमाथि संगठित रुपमा अफवाह फैलाइएको बताएको छ ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा अवरोध गरेर आफु विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको भन्दै उनले रुष्ट तिनै समूहबाट पालित पोसितबाट सरकारमाथि आक्रमणको भइरहेको शंका रहेको धारणा राखे । मन्त्री वाग्लेले संसदमा प्रस्तुत आर्थिक बिधेयकमा रहेका त्रुटी सच्चाएपछि सांसदहरुलाई समेत उक्त विधेयकको प्रति उपलव्ध गराइएको जानकारी दिए । आर्थिक बिधेयकको पाना नै गायव गरिएको भन्दै जनतालाई छर्न खोजिएको भ्रम धेरै दिन नटिक्ने उनको भनाइ छ ।

उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे । सुशासनको विषयमा असाध्यै निर्मम रहेको भन्दै उनले अनुमानका भरमा कर बढ्दैछ भनेर भनेर हतार हतार गाडी भित्राएको हुनसक्ने बताए । बजेट अघि ठूलो संख्यामा विधुतीय सवारी भित्रदा राज्यलाई नै फाइदा भएको उनको भनाइ छ ।

उनले करका बिषयमा कुनै गडबढी नभएकाले संसदीय छानविन समिति गठनको माग गर्नु उचित नभएको बताए । बिना कुनै प्रमाण आरोप लगाएको भरमा जथाभावी संसदीय छानबिन गर्न संसद त्यति सस्तो भयो? भन्दै उहाले प्रश्न गरे ।