काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बिपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धीत सवै निकायलाई निर्देशन दिइसकेको बताएको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरुको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताएका हुन् । उनाले विपद व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफुले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए । खरिद प्रक्रिया लामो हुदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरि ऐन बनाउनुपर्नेमा उनले जोड दिए ।


ADVERTISEMENT

# # #


मन्त्री गुरुङले यसपटकको बजेटको सिलिङ भन्दा २० अर्व बढि रुपैया थप भएपनि मन्त्रालयगत रुपमा प्रभावकारी रुपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गरे । उनले परम्परागत सुधारका प्रणालीबाट अव लागुऔषध नियन्त्रणमा आउन नसक्ने नदेखिएकाले सुधारका प्रभावकारी योजनाको तयारी भइरहेको जानकारी दिए । क्रस बोर्डरबाट लागू औषध ओसारपसार देखिएकाले दुवैदेशका सुरक्षा अधिकारीको समन्वयमा संयुक्त अप्रेसन गर्न जरुरी देखिएको उनको भनाइ छ ।

त्यसैगरि बैठकमा प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले अहिले सबभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेशमा लागुऔषध कारोबार बढि देखिएको जानकारी दिए । लागुऔषध नियन्त्रणका लागि निर्मम भएर कारवाही अघि बढाइएको उनले बताए । उनले पछिल्लो समय कार्गो कुरियरमार्फत समेत ओसारपसार भएकाले प्रहरीले निरन्तरण निगरानी गरिरहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणका लागि कारवाही भन्दा पनि सचेतना जरुरी रहेकाले समूदायमा गएर आवश्यक कार्यक्रमहरु समेत सञ्चालन भइरहेको उनको भनाइ छ ।

बैठकमा समिति सदस्यहरुले लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा समिति सदस्य निश्कल राईले लागुऔषध नियन्त्रणका लागि जिल्ला र स्थानीय तहको निकायको काम प्रभावकारी हुन नसकेको बताए । मेडिकल व्यवसायीहरु नै लागुऔषध बेचबिखनमा लागेको भन्दै प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य पद्मा अर्यालले कारवाहीले मात्रै लागुऔषध नियन्त्रण नहुने भन्दै सचेतना आवश्यक रहेको बताइन । त्यस्तै अन्य सदस्यहरुले बिपद व्यवस्थापनको तयारी, लागुऔषध नियन्त्रणको प्रयास लगाएतका बिषयमा चासो व्यक्त गरेका थिए ।