काठमाडौं – भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ ।


ADVERTISEMENT


उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा.हिमाल भट्टराई,  राजेश्वर दुवाल,  टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट  जेलिना श्रेष्ठ निर्वाचित हुनु भएको छ भने साधारण सभाले स्वतन्त्र संचालकमा  रीता गौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको छ। कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको छ।