काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चूनावको परिणामलाई लिएर हार नमानेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चूनावमा सोचेजस्तो परिणाम नआएपनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताएका छन्।
उनले पछिल्लो निर्वाचन आफुहरुका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखेका छन् ।
जनताको विश्वास र माया आफुहरु नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताएका छन् ।
उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।


























































