काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार सेठलाई उक्त सम्मान गरिएको हो।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।




























































