काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको बिषयमा सरकारको जवाफ माग गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अवतरण गरेको र उक्त हेलिकप्टरमा भारतीय सुरक्षा निकायका प्रमुख व्यत्तिः सवार रहेको भन्ने खवर आएको भन्दै यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिइएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेकाले रेकर्डबाट हटाउन समामुखले रुलिङ गर्नुपर्ने धारणा राखे

उहाले प्रधानमन्त्रीले विदा समेत मनाइसकेकाले फुर्सद भए जनताका जल्दाबल्दा मुद्दाहरुका बारेमा सदनमा जवाफ दिन आग्रह गरे ।