काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकहरूले पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवामा विशेष छुट सुविधा पाउने भएका छन्।


ADVERTISEMENT


बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित फिस्टेल लज तथा जगतपुर लजबीच यस सम्बन्धमा समझदारीपत्र एमओयू मा हस्ताक्षर भएको बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले उक्त लजहरूमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। साथै, आवासीय सेवामा कर्पोरेट दर अनुसार विशेष शुल्क सुविधा पनि उपलब्ध हुनेछ।

यो सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार यस सहकार्यले ग्राहकहरूलाई आकर्षक छुट सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउन र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।