काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन भएको छ ।


ADVERTISEMENT


यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने भनिएपनि उक्त स्थान परिवर्तन गरी भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


स्थान परिवर्तन भएसंगै चितवनको टाँडीमा करिब ६ हजार अट्ने बाँसको पंडाल बनाउने काम स्थगित गरिएको उनले बताएका छन् ।

आगामी असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको छ ।

पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अगाडी बढाइएको केन्द्रीय सदस्य गौतमले बताएका छन् ।