झापा- झापाको दमकमा अत्याधुनिक सेवा–सुविधासहितको पाँचतारे होटल ‘शिवानी होलिडेज इन एन्ड सुईट्स’ आगामी केही महिनाभित्र सञ्चालनमा आउने भएको छ।


ADVERTISEMENT


सञ्चालक शिव साहका अनुसार अन्तर्राष्ट्रिय स्तरको आरामदायी सुईट्स, भव्य रेष्टुरेन्ट तथा उच्चस्तरीय आतिथ्य सेवासहित होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। होटलको मुख्य आकर्षणका रूपमा अत्याधुनिक नाइट क्लब रहनेछ, जसले दमकको रात्रिकालीन जीवनलाई थप सक्रिय र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।


ADVERTISEMENT

# # #


होटल सञ्चालनमा आएपछि दमकमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै, यस परियोजनाले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने र क्षेत्रीय अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

पूर्वी नेपालको प्रमुख व्यापारिक शहरमध्ये एक मा यस प्रकारको उच्चस्तरीय होटलको आगमनलाई पर्यटन र सेवा क्षेत्र विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।