काठमाडौं -सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको रिक्त अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ भने सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले बताएका छन्।


ADVERTISEMENT

# # #


बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले संघीय संसद समक्ष सहकारी ऐन, सार्वजनिक खरीद ऐन, सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।