काठमाडौं- हेम्स अस्पतालका अध्यक्ष आर एस भण्डारी प्रतिष्ठित ‘कर्पोरेट स्वास्थ्य दूरदृष्टि पुरस्कार’ बाट सम्मानित भएका छन्। काठमाडौंमा कर्पोरेट बिजनेस म्यागजिन द्वारा आयोजित ‘१८औँ कर्पोरेट व्यवसाय शिखर सम्मेलन तथा पुरस्कार–२०२६’ समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।


ADVERTISEMENT


स्वास्थ्य क्षेत्रमा पुर्याएको उत्कृष्ट नेतृत्व, व्यावसायिक दक्षता तथा मुलुकको व्यावसायिक क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदरस्वरूप भण्डारीलाई ‘उत्कृष्टता प्रमाणपत्र’ सहित सम्मान गरिएको आयोजकले जनाएको छ।


ADVERTISEMENT

# # #


राज्यका विशिष्ट व्यक्तित्व, प्रतिष्ठित उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थितिमा सम्पन्न विशेष समारोहमा भण्डारीलाई उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो।

सम्मान ग्रहणपछि हेम्स अस्पताल परिवारले यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै यो सम्मानले अस्पताललाई अझ जिम्मेवार बनाएको जनाएको छ। साथै, आगामी दिनमा नेपाली नागरिकलाई थप परिष्कृत, आधुनिक तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यस सम्मानले ऊर्जा र प्रेरणा प्रदान गरेको अस्पतालले उल्लेख गरेको छ।

नेपालको स्वास्थ्य सेवा क्षेत्रमा हेम्स अस्पतालले लामो समयदेखि आधुनिक प्रविधि तथा दक्ष जनशक्तिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। अध्यक्ष भण्डारीको सक्षम नेतृत्वका कारण अस्पतालले स्वास्थ्य क्षेत्रमा आफ्नै विश्वसनीय र विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताइएको छ।