चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले आमूल सुधारको राजनीति मार्फत नेपाललाई “जिताउने” उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताएका छन्।


ADVERTISEMENT


आइतबार चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले आफूहरू कसैलाई हराउन वा पुरानो पुस्तासँग प्रतिस्पर्धा गर्न नभई देशलाई जिताउन र नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको स्पष्ट पारेका छन्।


ADVERTISEMENT

# # #


उनले रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइरहेको उल्लेख गर्दै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

देशमा नागरिकले भरोसा गर्न सक्ने, युवाले अवसर पाउने र उद्यमीले बिना डर लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताएका छन्।

उनका अनुसार, यो प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम मात्र नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्ने उनले बताएका छन्।

त्यस्तै, वाग्लेले रास्वपाको महाधिवेशन निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ तथा बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष भएको धारणा व्यक्त गरेका छन्।