काठमाडौं – सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले आफूहरूलाई जीविकोपार्जनका लागि सडकपेटी, मठमन्दिर तथा सार्वजनिक स्थानमा काम गर्न नदिएको भन्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।


ADVERTISEMENT


प्रदर्शनका क्रममा दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीन नागरिकहरूको गाँस, बास र कपासको ग्यारेन्टी गर्न नसकेको तथा सडकमा सानो व्यवसाय गरेर जीवनयापन गर्नसमेत अवरोध सिर्जना गरेको गुनासो गरेका छन्।


ADVERTISEMENT

# # #


उनले नगर प्रहरीबाट पटक–पटक दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राख्ने तथा महिला दृष्टिविहीनमाथि अभद्र व्यवहार हुने गरेको आरोप समेत लगाएका छन्।

प्रदर्शनकारीहरूले दृष्टिविहीन नागरिकलाई सम्मानजनक रूपमा जीवनयापन गर्ने वातावरण सिर्जना गर्न, योग्यताअनुसार रोजगारीको व्यवस्था गर्न तथा राज्यले रोजगार दिन नसके मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउन माग गरेका छन्।

उनीहरूले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै रोजगारी, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनको ग्यारेन्टी गर्न सरकारसँग आग्रह गरेका छन्।