काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको छ ।


ADVERTISEMENT


सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई बाँके हुँदै स्थलमार्गबाट मंगलबार मध्यान्ह ललितपुरको पुल्चोकस्थीत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


विभागले आवश्यक प्रक्रिया पुरा गरि म्याद थपका लागि अदालतमा उपस्थीत गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।