काठमाडौं – नयाँ नेपाली गीत ‘संगै बस माया’ सार्वजनिक गरिएको छ । प्रेमभावमा आधारित यस गीतमा दीपक पाठकको शब्द, मल्लिका कार्कीको स्वर तथा चित्रा शर्माको संगीत रहेको छ ।


ADVERTISEMENT


गीतको संगीत संयोजन भूपेन्द्र रायमाझीले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ पत्रकार एंव अधिवक्ता दीपक पाठक र माेडल एवं समाजसेवी रूपा लुइटेल पाठकको अभिनय रहेको छ ।


ADVERTISEMENT

# # #


भिडियोलाई सुरेन्द्र श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् भने सुजन लामाको निर्देशन रहेको छ । एम.पी. सुब्बाले सह–निर्देशन गरेका छन् ।

प्रज्ञा साउण्ड गुन्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत मार्गदर्शन ग्रुपको निर्माणमा तयार गरिएको हो । सार्वजनिक भएको गीत तथा भिडियोले प्रेम र सम्बन्धका भावनालाई आकर्षक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।