काठमाडौं – फुटबलका महान् खेलाडी Lionel Messi को जन्मदिनको अवसर पारेर DGO र Himalayan Sports ले फिफा विश्वकप २०२६ लक्षित विशेष ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्।
फुटबल समर्थकलाई आधिकारिक माध्यमबाट विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न प्रोत्साहित गर्ने तथा पाइरेटेड स्ट्रिमिङलाई निरुत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ। अभियानअन्तर्गत DGO एपमार्फत ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले आकर्षक पुरस्कार जित्न सक्नेछन्।
अभियानको मुख्य आकर्षणका रूपमा Lionel Messi द्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी राखिएको छ। साथै Cristiano Ronaldo को हस्ताक्षरित पोर्चुगल जर्सी र Neymar को हस्ताक्षरित ब्राजिल जर्सी पनि पुरस्कारमा समावेश गरिएको छ।
सिजन पास खरिदकर्ताहरूले हस्ताक्षरित जर्सीका अतिरिक्त भियतनाम टुर प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइ जित्न सक्नेछन्। यस्तै मोबाइल पास खरिदकर्ताहरूका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन पुरस्कारको व्यवस्था गरिएको छ।
अभियानमा सहभागी हुन ग्राहकहरूले DGO एप डाउनलोड गरी खाता दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा DGO का आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ।
यो अभियान २१ जुनदेखि १५ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभित्र रहेका सक्रिय DGO प्रयोगकर्ताहरू मात्र सहभागी हुन योग्य हुनेछन्। आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा तिनका परिवारका सदस्यहरू भने अभियानमा सहभागी हुन नपाउने जनाइएको छ।
कम्पनीका अनुसार विजेताहरूको छनोट निष्पक्ष रूपमा गरिनेछ र प्राप्त पुरस्कार नगद वा अन्य सामानसँग साटफेर गर्न पाइने छैन। अभियानले विश्वकप २०२६ को रोमाञ्चलाई अझ विशेष बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।



























































