काठमाडौं- सांसद आरेन राइले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही भएको हो भने संसदको रेकर्डबाट हटाउन नहुने बताएका छन्।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने रेकर्डबाट नहटाउनुपर्ने, तर राष्ट्रहितविपरीत भएको भए तत्काल हटाउनुपर्ने धारणा राखेका छन्। उनले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो अभिव्यक्ति राष्ट्रहितमा थियो वा थिएन भन्ने विषयमा स्पष्ट पार्नुपर्ने बताएका छन्।


ADVERTISEMENT

# # #


सांसद राईले पार्टीभन्दा देश ठूलो हुने उल्लेख गर्दै सीमाजस्तो संवेदनशील विषयमा संसदबाटै स्पष्ट जवाफ आउनुपर्नेमा जोड दिएका छन्। साथै, विपक्षी दलले निरन्तर सीमाको विषय उठाउँदै विरोध जनाइरहँदा पनि सरकार र सत्तारुढ पक्षले त्यसप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।