काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ले मुलुकका राजनीतिक चुनौती र अस्थिरताको अन्त्यका लागि वामपन्थी एकताको विकल्प नरहेको बताएका छन्।


ADVERTISEMENT


जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आजैदेखि वामपन्थी एकतालाई अघि बढाउन सबै कम्युनिष्ट शक्तिलाई साझा उद्देश्यका साथ एक ठाउँमा उभिन आह्वान गरेका छन्।


ADVERTISEMENT

# # #


खनालले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मर्म तथा कम्युनिष्ट आन्दोलनको एकताको भावनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्। उनले मुलुकमा देखिएका राजनीतिक विभाजन र अस्थिरताको समाधानका लागि वामपन्थी शक्तिबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

सरकारले सुकुम्बासीको नाममा समाजमा ‘डोजर आतंक’ सिर्जना गरेको आरोप लगाउँदै उनले यसरी समस्या समाधान नहुने बताएका छन्। वास्तविक भूमिहीन, गरिब किसान र सुकुम्बासीको समस्या समाधानका लागि क्रान्तिकारी भूमि सुधार आवश्यक रहेको उनको भनाइ छ।

खनालले मदन भण्डारी र जीवराज आश्रित को योगदानको सम्मान गर्ने सबैभन्दा उपयुक्त उपाय उनीहरूले देखाएको राजनीतिक मार्गलाई आत्मसात गर्दै वामपन्थी एकतालाई सशक्त रूपमा अघि बढाउनु भएको बताएका छन्। साथै, उनले दासढुंगा दुर्घटना को वास्तविकता सार्वजनिक नभएसम्म न्यायको अनुभूति हुन नसक्ने धारणा पनि व्यक्त गरेका छन्।