काठमाडौं- नेपाल अटोमोबाइल्स एसोसिएस नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारीसाधनमा प्रयोग हुँदै आएका कालो सिसा हटाउने विषयमा विस्तृत छलफल भएको छ।


ADVERTISEMENT


 नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विषयमा छलफल गरेको हो।


ADVERTISEMENT

# # #


छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अत्यधिक कालो सिसा भएका सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको भन्दै प्रचलित कानुनअनुसार कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्। उनले सवारीसाधनको अगाडिको सिसामा कुनै पनि प्रकारको कालो फिल्म वा स्टिकर प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ता तथा विक्रेताले पनि ग्राहकलाई यसबारे सचेत गराउन आग्रह गरेका छन्।

यस्तै, सरकारले अनुमति दिएको विशेष अवस्थाबाहेक कालो सिसा प्रयोग गर्न नपाइने भन्दै उत्पादन कम्पनीबाटै कालो सिसा जडान भएका सवारीसाधन आयात नगर्न पनि सुझाव दिइएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारीमा टाँसिएको कालो फिल्म हटाउने कार्य प्राविधिक रूपमा सहज भएकाले पहिलो चरणमा त्यही प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका छन्। पूर्वअध्यक्ष करण चौधरीले कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको संख्या न्यून भएकाले त्यसको तथ्यांक संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने धारणा राखेका छन्।